जेन जी विध्वंशपछि अनेकौं समूह
जेन–जीको आडमा मच्याइएको विध्वसंले सत्ता परिवर्तन भएसँगै हौसिएकाहरू अनेक नाममा संगठित हुन थालेका छन् ।
आन्दोलन आह्वानकर्ताहरू नै विभिन्न समूहमा विभक्त भएको अवस्थामा ‘शल्यक्रिया एन–वान’ नामक एक संस्था सतहमा आएको छ । काठमाडौँ महानगरपालिका–१० नयाँ बानेश्वरस्थित आनन्द भूमि ब्याङ्गकेटमा आज उसले अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गर्यो ।
सो संस्थाका अध्यक्ष डा.सुन्दर सिंह बोहोराको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल प्रहरीका पूर्वआइजिपी सर्वेन्द्र खनाल, जेन–जीका प्रतिनिधि साम्राज्य खड्का, वरिष्ठ अधिवक्ता नारायण घिमिरे, डा.भोला रिजाल, पत्रकार केशवराज घिमिरेलगायत सहभागी छन् ।
कार्यक्रममा जेन जेड, वाई र एक्सलाई मिलाएर कसरी अगाडि बढाउन पहल गर्ने भन्ने विषयमा छलफल भएको जनाइएको छ ।
टिप्पणीहरू