गुप्तचरले पायो नयाँ हाकिम

गुप्तचरले पायो नयाँ हाकिम

मन्त्रिपरिषद्को आज बेलुका सम्पन्न बैठकले राष्ट्रिय अनुसन्धान विभागको भदौ २८ देखि रिक्त मुख्य निर्देशकमा टेकेन्द्र कार्कीलाई नियुक्त गरेको छ । 

बाजुराका ओमप्रकाश जोशीलाई पछि पार्दै जुम्लाका कार्कीले सुशीला कार्की नेतृत्वको सरकारमा बाजी मारेका हुन्  ।

क्षमता र कार्यसम्पादनमा अब्बल मानिएका र त्रिभुवन विश्वविद्यालयबाट पिएचडी गर्ने क्रममा रहेका कार्कीको नियुक्तिपछि उनको ईर्ष्या गर्ने एकथरी सामाजिक सन्जालमा लेख्छन्, ‘संसार भरिका कार्की एक हौं ’ अर्का एक जनाले लेखेका छन्, ‘कार्की खानदानलाई मान्यता दिएको हुन सक्छ ।’

टिप्पणीहरू