जनजीवन सामान्य बनाउन अपिल

जनजीवन सामान्य बनाउन अपिल

राष्ट्रिय मानव अधिकार आयोगले जनजीवन सामान्य बनाउन आवश्यक पहलका लागि सरोकारवालालाई अपिल गरेको छ । हालैको जेन–जी विध्वंशपछि मानव अधिकारको प्रत्याभूति, कानूनी शासन र शान्ति सुरक्षामा गम्भीर चूनौती खडा भएको भन्दै आयोगले नागरिक अधिकारको प्रत्याभूति गर्दै जनजीवन सामान्य गराउन सरोकारवालालाई आग्रह गरेको छ । 

‘मानव अधिकारको सम्मान, विवादहरुको न्यायसम्मत समाधान, रचनात्मक संवाद र जिम्मेवार सहकार्यद्धारा शान्ति, सुरक्षा, मौलिक हकको प्रत्याभूति, सुरक्षित एवम् न्यायपूर्ण तथा मानव अधिकारमैत्री समाज निर्माण र सामान्य जीवन सञ्चालनका लागि आवश्यक वातावरण निर्माणका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज, सञ्चार माध्यम, युवा पुस्ता, विभिन्न संघसंस्था, राष्ट्रसेवक पूर्व पदाधिकारी एवम् सम्पूर्ण नागरिकलाई आयोग आग्रह गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

आयोगले आन्दोलनका क्रममा सार्वजनिक र निजी सम्पत्तिको भएको क्षतिको छिटो र निष्पक्ष मूल्यांकन गरी उचित क्षतिपूर्ति तथा पुनःस्थापना कार्यमा पनि संघ, प्रदेश, स्थानीय र सरोकारवाला सबैको तदारुकता आवश्यक रहेको बताएको छ ।

टिप्पणीहरू