डेम्बेलेले जिते बेलन डी'ओर अवार्ड

डेम्बेलेले जिते बेलन डी'ओर अवार्ड

फ्रान्सेली विंगर ओउस्माने डेम्बेलेले पुरुषतर्फको बेलन डी'ओर अवार्ड जितेका छन् । सोमबार राति पेरिसमा सम्पन्न अवार्ड समारोहमा डेम्बेलेले बार्सिलोनाका लामिने यामाल र पीएसजीकै भिटिन्हालाई पछि पार्दै पहिलोपटक उक्त अवार्ड जितेका हुन् । 

२८ वर्षीय डेम्बेलेले गत सिजन पेरिस सेन्ट जर्मन(पीएसजी)बाट शानदार प्रदर्शन गर्दै टोलीलाई पहिलोपटक च्याम्पियन्स लिग जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । त्यसक्रममा उनले आठ गोल गर्दै ६ एसिस्ट प्रदान गरेका थिए । गत सिजन पीएसजीले च्याम्पियन्स लिगसहित लिग वान, कोपा डे फ्रान्स र ट्रफी डेस च्याम्पियन्स जितेको थियो ।

डेम्बेलेले गत सिजन ३३ गोल गर्दै १३ एसिस्ट प्रदान गरेका थिए । उनी युरोपको शीर्ष लिगमा ह्यारी केन, मोहम्मद सलाह, राफिन्हा र एम्बाप्पेपछि सबैभन्दा धेरै गोलको लागि योगदान गर्ने खेलाडी हुन् ।

डेम्बेले पीएसजीबाट लियोनल मेस्सीपछि बेलन डी'ओर अवार्ड जित्ने पहिलो खेलाडी हुन् । यस्तै उनी उक्त अवार्ड जित्ने छैटौं फ्रान्सेली खेलाडी बनेका छन् । यसअघि सन् २०२२ मा फ्रान्सका करिम बेन्जिमाले बेलन डी'ओर अवार्ड जितेका थिए ।

यस्तै महिलातर्फ बार्सिलोनाकी स्पेनिस मिडफिल्डर अटाना बोन्माटीले लगातार तेस्रोपटक बेलन डी'ओर अवार्ड जित्दै ह्याट्रिक गरेकी छिन् । यसअघि लियोनल मेस्सीले सन् २००९ देखि २०१२ सम्म लियोनल मेस्सीले लगातार अवार्ड जितेका थिए ।

बेलन डी'ओरको शीर्ष १० मा पर्ने पुरुष खेलाडी 

१. ओउस्माने डेम्बेले
२. लामिने यामाल 

३. भिटिन्हा 
४. मोहम्मद सलाह 
५. राफिन्हा 
६. अचार्फ हकिमी 
७. किलियन एम्बाप्पे 
८. कोल पाल्मेर 
९. गिन्लुइगी डोनारुमा 
१०. नुनो मेन्डेस

अन्य विधाका विजेताहरु 
सोक्राटेस अवार्ड:- जाना फाउन्डेसन 
पुरूष वर्ष क्लब :- पेरिस सेन्ट जर्मन 
महिला वर्ष क्लब:- आर्सनल
गर्ड मुलर ट्रफी :- एवा पाजोर र भिक्टोस ग्योकेरेस 
पुरूष याशिन ट्रफी :- गिन्लुइगी डोनारुमा 
महिला याशिन ट्रफी :- हान्नाह हाम्टोन 
पुरूष जोहान कर्फ ट्रफी :- लुइस इन्रिकी 
महिला जोहान कर्फ ट्रफी :- सारिना वेग्म्यान 
पुरूष कोपा ट्रफी :- लामिने यामाल 
महिला कोपा ट्रफी:- विकी लोपेज 
 

टिप्पणीहरू