राजदूत निवासलाई सुरक्षा मागियो
ललितपुरको भैँसेपाटीस्थित साउदी अरेबियन राजदूत निवासको सुरक्षाका निम्ति परराष्ट्र मन्त्रालयले गृहलाई पत्र लेखेको छ । जेन–जी विध्वंशपछि राजदूत निवासमा पहिलो पटक आयोजना हुन लागेको कार्यक्रमलाई मध्यनजर गर्दै सुरक्षाका निम्ति अनुरोध गरिएको हो ।
गत भदौ २३ र २४ गतेको बिध्वंशका क्रममा भैँसेपाटीस्थित मन्त्री निवासमा तोडफोड र आगजनी गरिएको थियो । मन्त्री निवासनजिकै रहेको साउदी अरब राजदूत निवासमा आज ‘डिप्लोम्याटिक रिसेप्सन’ आयोजना गरिँदैछ । त्यसका लागि काठमाडौंस्थित साउदी अरब राजदूतावासले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएपछि पत्रराष्ट्रले गृहलाई अनुरोध गरेको हो ।
पत्रमा भनिएको छ, ‘यही २३ सेप्टेम्बर २०२५ मा भैसेपाटीस्थित साउदी अरब राजदूत निवासमा डिप्लोम्याटिक रिसेप्सन आयोजना गर्न लागिएकोले राजदूत निवासको सुरक्षाका लागि आवश्यक समन्वय गरिदिन अनुरोध गर्दै लेखिएको काठमाडौंस्थित साउदी अरब राजदूतावासको मिति १८ सेप्टेम्बर २०२५ को कूटनीतिक पत्र आवश्यक कारबाहीका लागि यसैसाथ संलग्न गरी पठाइएको व्यहोरा निर्देशानुसार अनुरोध छ ।’
टिप्पणीहरू