मन्त्री बन्ने सूचीमा कलाकार
जेन जी ध्वंसपछि गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री बन्न रहर व्यक्त गर्नेहरुको सूची लामो हुँदै गएको छ । प्रधानमन्त्री कार्कीले मन्त्रीमण्डल विस्तार गरेर आठ सदस्यीय बनाए पनि परराष्ट्रसहित केही महत्वपूर्ण मन्त्रालय अझै नेतृत्वविहीन नै छ ।
यसबीच परराष्ट्रमन्त्रीका लागि महानायक राजेश हमालको नाम चर्चा ल्याइएको छ । हाल अष्ट्रेलियामा रहेका हमाललाई जेन जी समूहले नै मन्त्रीको प्रस्ताव राखेको भनिन्छ । यद्यपि, औपचारिक प्रस्ताव भने गएको छैन ।
विभिन्न समूहले आफूलाई वास्तविक जेन जी दाबी गर्दै आएको कारण हमालले भने तत्काल प्रतिक्रिया दिएका छ्र्र्रैनन् । स्रोतका अनुसार उनले मन्त्रीको प्रस्ताव गरेको समूहलाई तपाईंहरु नै हो वास्तविक जेन जी ? भनेर सोधेको बताइन्छ ।
उता गायक राजेश पायल राईले सरकार गठन भएकै दिन परराष्ट्र आफूलाई दिन सार्वजनिक अपिल नै गरेका थिए । आफू बराबर विदेश कोही नपुगेको दाबी गर्दै उनले परराष्ट्रको कामबारे आफूमा राम्रो ज्ञान भएको बताएका थिए ।
परराष्ट्रमन्त्रीमा क्याप्टेन विजय लामा र अभिनेत्री मनिषा कोइरालाको नाम समेत चर्चामा ल्याइएको छ ।
टिप्पणीहरू