नारायणगढ–मुग्लिन सडकखण्ड फेरि बन्द
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा फेरि पहिरो खसेको छ । हिजो साँझ मात्र पूर्ण रुपमा सञ्चालनमा आएको उक्त सडकमा आज सुक्खा पहिरो खसेको छ ।
पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय, चितवनले जनाएको छ । सिडियो कार्यालयका अनुसार पहिरो पन्छाउन थालिए पनि लगातार माथिबाट खसिरहेकोले कठिनाई उत्पन्न भएको छ ।
यसले सडक नै भासिन सक्ने जोखिमसमेत रहेकाले सवारी साधनलाई वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको छ । तुइनखोलामा गत शुक्रबार साँझदेखि सुक्खा पहिरो खसेको थियो ।
टिप्पणीहरू