दुधौलीको खयर जंगल सोत्तर, वन अध्यक्षमाथि आरोप

दुधौलीको खयर जंगल सोत्तर, वन अध्यक्षमाथि आरोप

सिन्धुलीमा खयरको जंगल सोत्तर बनाइएको छ । दुधौली नगरपालिका–१४, ज्यामिटारमा अवैध रूपमा खयरको रूख कटान गरिएको स्थानीयले बताएका छन् । सेतीका सामुदायिक वन क्षेत्रभित्रका खयर धमाधम काटेर ढुवानीका लागि संकलन गरिएको अवस्था छ ।

स्रोतका अनुसार सेती सामुदायिक वन उपभोक्ता समितिका पूर्वअध्यक्ष खिलबहादुर आलेमगर स्वयं खयर कटान तथा तस्करीमा संलग्न भएको आरोप छ । आलेमगरले पहिले कटान भएको रुखको जरा मात्र निकालिएको बताए । 

उक्त कार्यमा सब–डिभिजन वन कार्यालय दुधौलीका कर्मचारीहरूकै संलग्नता रहेको स्थानीयले बताए । गाउँमा बेलाबेलामा पुग्ने वन कर्मचारीलाई छोटो कान भएको लोकल खसी काटेर खानपिन गराएर फर्काउने गरिएको पनि उनीहरुको दाबी छ ।

डिभिजन वन कार्यालय सिन्धुलीका सूचना अधिकारी द्रोण विक्रम कार्कीले हाल खयर कटानको कुनै अनुमति नदिइएको बताए । काठ, बोक्रा र पात सबै बहुमूल्य मानिने सो क्षेत्रको खयर पटक–पटक अवैध रूपमा तस्करी हुने गरेको छ ।

टिप्पणीहरू