बिहानैदेखि ठप्प टेलिकमको सेवा सुचारु

बिहानैदेखि ठप्प टेलिकमको सेवा सुचारु

नेपाल टेलिकमको सेवा सुचारु भएको छ । आज बिहानैदेखि केही प्राविधिक समस्या आएकोमा केही बेरअघिबाट सेवा नियमित भएको हो । 

टेलिकममा समस्या भएपछि पोस्टपेड र प्रिपेड ग्राहकहरु प्रभावित बनेका थिए । कल ‘वान–वे’ बन्नुका साथै ब्यालेन्स ट्रान्सफर पनि ठप्प भएको थियो । 

टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरका अनुसार प्राविधिक समस्या देखिएकोमा समाधान भइसकेको छ । जनआस्थासँग उनले भने,‘प्राविधिक समस्या आएको थियो । पूर्ण रुपमा समस्या समाधान भएर साढे ९ बजेदेखि सेवा सुचारु भइसकेको छ ।’
 

टिप्पणीहरू