जाँचबुझ आयोगका अध्यक्षलाई मन्त्री सरह सुविधा

जाँचबुझ आयोगका अध्यक्षलाई मन्त्री सरह सुविधा

जेनजी प्रदर्शनका क्रममा भदौ २३ र २४ गते काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भएको भौतिक तथा मानवीय क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगले आजदेखि कार्य प्रारम्भ गर्दैछ । 

पूर्व न्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको तीन सदस्यीय आयोगले काम शुरु गरेको हो । आयोगको सदस्यमा विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् । 

दुवै दिनको घटनाको स्वतन्त्र र निष्पक्ष ढंगले अनुसन्धान गरी प्रतिवेदन पेश गर्ने कार्यादेश पाएको आयोगलाई तीन महिनाको समयावधि तोकिएको छ । आयोगले घटनाका दोषीहरूलाई कारवाहीको सिफारिस तथा रायसुझावसहितको प्रतिवेदन तयार पार्नेछ । 

प्रतिवेदनमा उल्लेख भएका सुझावहरू कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना समेत तयार पार्न आयोग टिप्लाआर तोकिएको छ । 

आयोगका अध्यक्ष कार्कीले नेपाल सरकारको मन्त्रीसरह पारिश्रमिक, सवारी चालक, इन्धन, सवारी साधन तथा सञ्चारवापत् मासिक ६० हजार पाउनेछन् । त्यस्तै, सदस्य शर्मा र भण्डारीले राज्यमन्त्री सरह सेवा सुविधा पाउने बताइएको छ । 

आयोगले प्रतिवेदन तयार पार्दासम्मको लागि सात कर्मचारी रहनेगरी छुट्टै कार्यालय स्थापना गरिएको छ । जसमा एक सहसचिव, एक उपसहिव, एक शाखा अधिकृत, एक नायब सुब्बा, एक कम्युटर अपरेटर, एक सवारी चालक र एक कार्यालय सहयोगी रहनेछन् ।

गृहमन्त्रालयले कर्मचारीको व्यवस्थापन गरेको हो ।

टिप्पणीहरू