तुइनखोलाको पहिरो धमाधम पन्छाइँदै

तुइनखोलाको पहिरो धमाधम पन्छाइँदै

चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डमा गएको भीषण पहिरो पन्छाउने काम जोडतोडले भइरहेको छ । इच्छाकामना गाउँपालिका–५, स्थित तुइनखोलामा अस्ति साँझ गएको पहिरोका कारण अवरुद्ध सडक खुलाउने प्रयास जारी छ ।

पहिरो पन्छाउने काम तीव्र रुपमा भइरहेकोले आज साँझसम्म एकतर्फी रुपमा सडक सञ्चालनमा आउने अपेक्षा गरिएको छ । सो सडकखण्डमा केही दिनयता निरन्तर पहिरो खसिरहेको छ । शुक्रबार साँझ पहिरो खसेकोमा ४६ घण्टापछि हटाइएको थियो । 

सडक सुचारु भएको केही घण्टामै ठूलो पहिरो खस्दा अस्ति साँझदेखि पूर्ण रुपमा सवारी आवागमन बन्द छ । जसका कारण दशैंको समयमा उक्त सडक भएर ओहोरदोहोर गर्ने मालवाहक र यात्रुवाहक सवारी चालक तथा यात्रुहरुको बिजोग देखिन्छ ।

फोटो/भिडियो स्रोत : माधव पौडेल ।

टिप्पणीहरू