शान्तिपूर्ण तरिकाले विरोध जनाउन गृह मन्त्रालयको आग्रह

शान्तिपूर्ण तरिकाले विरोध जनाउन गृह मन्त्रालयको आग्रह

गृह मन्त्रालयले सभा, सम्मेलन, बैठक र विरोधका कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट सञ्चालन गर्न आग्रह गरेको छ । हालैको जेन जी ध्वंसलाई मध्यनजर गर्दै विरोध कार्यक्रम गर्दा अन्य पक्षलाई असर नपर्ने, उक्साहट नहुने र समाजमा शान्ति–सुव्यवस्था कायम हुने गरी अहिंसात्मक तरिकाले अघि बढाउन आग्रह मन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रण लगायतका माग राखी भदौ २३ र २४ गते जेनजी युवाहरूको अगुवाइमा भएको आन्दोलन पश्चात् नयाँ सरकार गठन भई आम निर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेको छ । यस अवस्थामा सभा, सम्मेलन, बैठक एवं विरोधका कार्यक्रमहरू सञ्चालन गर्दा शान्तिपूर्ण वातावरण कायम गर्न सहयोग पुगोस् भन्ने हाम्रो अनुरोध छ ।’

शान्ति, सुरक्षा र स्थिरता कायम गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको पनि मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू