कास्कीमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना
जिल्ला प्रहरी कार्यालय कास्कीले दशैँ-तिहार लक्षित विशेष सुरक्षा योजना लागू गरेको छ ।
चाडपर्वमा हुनसक्ने चोरी, डकैती, लुटपाटलगायतका अपराधिक क्रियाकलाप नियन्त्रण गरी आम नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन विशेष सुरक्षा व्यवस्था गरेको जिप्रकाले जनाएको छ । सो बमोजिम चाडपर्व अवधिभर बर्दी र सदा पोशाकमा ९२३ जना प्रहरी खटिने छन् ।
कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतका अनुसार दशैं र तिहारलाई लक्षित गरी ‘चाडपर्व विशेष सुरक्षा योजना–२०८२’ लागू गरिएको हो । जसअनुसार चाडपर्व अवधिभर नियमित बजार अनुगमन, सवारी चेकजाँच, पैदल गस्ती, ग्रामीण गस्ती गरिनेछ ।
त्यसैगरी, एम्बुसिङ चेकप्वाईन्टमा प्रहरी खटिने र डगसहितको नियमित चेकिङ्ग पनि हुने उनले जानकारी दिए ।
टिप्पणीहरू