टी-ट्वान्टी वर्ल्डकप छनोट खेल्ने टोली घोषणा

टी-ट्वान्टी वर्ल्डकप छनोट खेल्ने टोली घोषणा

आगामी बुधबारदेखि ओमानमा हुने आईसीसी टी(२० विश्वकप छनोट खेलका लागि १५ सदस्ययी टोली घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले आज क्वालिफायर खेल्ने खेलाडीको नाम सार्वजनिक गरेको हो । यसै साता सारजाहमा वेस्ट इन्डिजसँग सिरिज खेलेका खेलाडीहरू टोलीमा समावेश छन् । 

रोहित पौडेल नेतृत्वको टोलीमा टोलीमा स्टार बलर सन्दिप लामिछानेको पनि नाम छ । वेस्ट इण्डिज सिरिजमा पहिलो खेल शुरु हुनुभन्दा ४५ मिनेट अगाडि नखेल्ने बताएपछि क्यानले उनलाई निलम्बन गरेको थियो । 

यस्तो छ १५ सदस्यीय नेपाली टिम

रोहित पौडेल (कप्तान), दिपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दिप लामिछाने, आफिस शेख, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, कुशल मल्ल, नन्दन यादव, मोहमद आदिल आलम, सन्दीप जोरा, आरिफ शेख, ललित राजबंशी, गुलसन झा र लोकेश बम 

टिप्पणीहरू