यता पुराना दललाई संकट, उता समाजवादी मोर्चा भनेपछि अध्यक्ष क्रुद्ध
शहरमा प्रचण्ड पहिल्यै लखेटिएका हुन् । अब एमाले पनि त्यही बाटोमा गएको विप्लव नेकपाको निचोड छ । ‘शहरको भोट पाउन सक्दैनन्, शहरबाट लखेटिएपछि दुर्गम जिल्लाको एक–एक सिट ल्याएर के हुन्छ, संसदीय राजनीतिमा ?’ विप्लवका एक नेता भन्छन्, ‘हामी त ओलीको दास भएर बस्नुपर्यो, के गर्ने भनेर एमालेकै नेताहरूले गुनासो पोख्न थाल्नुभएको छ । मुख्य सीटहरू काठमाडौं, विराटनगर, पोखरा, बुटवल यस्तै यस्तै शहरी क्षेत्रमा छन् । यहीँ नै गाह्रो भएपछि पुराना दललाई कठिन छ ।’
अब कति वर्ष दुःख गर्नुपर्छ ? भन्नेबारे पनि दलका प्रष्ट छैनन् । कार्यकर्ता पलायन हुने सम्भावना बढेर गएको छ । त्यसो हुँदा फर्किएर मूल पार्टीमा आउन निकै कठिन हुन्छ । एमालेमा पार्टी छोड्नेको लर्कोले पनि त्यस्तै संकेत गर्छ । यो सबै केपी ओलीको घमण्डले भएको भन्नेमा दलभित्र र बाहिरका नेता पुग्ने क्रम बढ्दो छ ।
‘प्रचण्डमा पनि उत्तिकै घमण्ड देखिएको छ,’ एक माओवादी नेता भन्छन्, ‘समय परिस्थितिको मूल्यांकन गर्न नसकेपछि हुने यस्तै हो ।’
के हुन्छ वाम एकता ?
फेरिएको राजनीतिक परिस्थितिले वाम एकतालाई संकटमा पुर्याएको छ । तीन वर्ष अगाडि नै महाधिवेशनका बेला अमेरिकी षड्यन्त्र निर्मम र सफल हुने निष्कर्ष निकालिएको विप्लव माओवादीका नेताको दाबी छ । आफूहरुले समाजवादी मोर्चाको नाम लिँदा ओलीहरू रिसले चुर भएको विप्लवका नेताहरु बताउँछन् । ‘ओलीलाई पनि समाजवादी मोर्चा बनाएर जाऊँ भन्दा एकदम रिसाएका थिए,’ एक जनाले त्यो बेलाको क्षण सम्झँदै भने ।
टिप्पणीहरू