सडक खुलाउनेबारे मन्त्री र महानिर्देशकका दुईथरी कुरा
भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले पहिरोको कारण अवरुद्ध बिपी राजमार्ग यथाशीघ्र सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् ।
आज आयोजित पत्रकार सम्मेलनमा उनले तीन-चार दिनभित्रै राजमार्ग सुचारु हुने बताएका हुन् । ‘यसलाई छिटोभन्दा छिटो ३-४ दिनभित्रमा सञ्चालन गर्नेगरी काम गरिरहेका छौँ’, मन्त्री घिसिङले भने, ‘सकेसम्म छिटो गर्ने गरेर ईक्युप्मेन्टहरू मोबिलाइज गर्नेगरी अघि बढेका छौं ।’
सडक विभागका महानिर्देशक डा. विजय जैसीले भने बिपी राजमार्ग खुल्न कम्तिमा सात दिन लाग्ने बताएका छन् । सोही पत्रकार सम्मेलनमा उनले विभिन्न ठाउँमा गएको पहिरो र सडक कटानको कारण आवागमन नियमित गर्न एक हप्ता लाग्ने जनाएका हुन् ।
‘काम त आजैबाट सुरु भइसकेको छ, तर गत वर्षजस्तो बाढीले सडक कटान गरेको छ, पहिरो पनि उत्तिकै छ, सडक सूचारुको लागि एक हप्ता जति लाग्छ’, महानिर्देशक जैसीले भने ।
टिप्पणीहरू