राजमार्गमा यातायात सुचारु, सतर्कता अपनाउन आग्रह

राजमार्गमा यातायात सुचारु, सतर्कता अपनाउन आग्रह फाइल फाेटाे

आज बिहान ६ बजेदेखि राजमार्गहरुमा सवारी साधनको आवागमन सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मनसुनको जोखिमलाई मध्यनजर गर्दै हिजो राति ९ बजेपछि राजमार्गमा सवारी सञ्चालन रोकिएको थियो। 

सोहीअनुसार चितवन हुँदै यात्रा गर्ने सम्पूर्ण सवारी साधनहरूलाई राति ९ बजेभित्रै चितवन प्रवेश गर्न र चितवनबाट बाहिरिनुपर्ने सूचना जारी गरिएको थियो । अन्यथा सेफ्टी होल्डिङ स्पेसमा लेन अनुशासन पालना गर्दै बस्न अनुरोध गरिएको थियो।

आज बिहानदेखि नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भइसकेको र हालसम्म कुनै अवरोध नभएको प्रहरीले जनाएको छ। तर यस खण्डमा पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक सुरक्षित यात्रा गर्न यात्रुहरूलाई अनुरोध गरिएको छ।

टिप्पणीहरू