दुई पूर्वमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा

दुई पूर्वमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा

पोखराको लिचीबारी जग्गासँग सम्बन्धित घुस प्रकरणमा संलग्न तत्कालीन दुई मन्त्री भ्रष्टाचारमा तानिएका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज दुई मन्त्रीसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । घुस लेनदेन कसूरमा मुद्दा चलाइनेमा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र पूर्व भूमिसुधारमन्त्री रञ्जिता श्रेष्ठ छन् । 

त्यस्तै, घोटालामा संलग्न सुजन लामासहित पाँचजना बिचौलियालाई पनि अख्तियारले प्रतिवादी कायम गरेको छ । उनीहरूलाई कसुरका आधारमा अलगअलग बिगो कायम गरिएको छ ।

अख्तियारका अनुसार केपी ओली सरकारका तत्कालीन मन्त्री गुप्तासँग ७८ लाख रुपैयाँ बिगो दाबी गरिएको छ । बिचौलियासँग क्वार्टरमै ७८ लाख रुपैयाँ घुसको बार्गेनिङ गरेको र जेब्रा झोलामा रकम बुझेको खुलासा भएसँगै उनले मन्त्री पदबाटै राजीनामा दिएका थिए ।

टिप्पणीहरू