कांग्रेसपछि एमालेले झिक्यो मधेसमा हात
नेकपा एमालेले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
गत वर्ष कांग्रेससँग गठबन्धन गरेयता एमाले मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारमा सामेल थियो । जेन–जी प्रदर्शनपछि नयाँ राजनीतिक परिस्थिति विकास भएसँगै एमाले सरकार छोड्ने निर्णयमा पुगेको हो ।
मुख्यमन्त्री सिंह नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम नगरेको र राजनीतिक नैतिकता गुमाएको एमालेको दाबी छ । यसैलाई समर्थन फिर्ताको आधार बनाएको ऊ अब आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको तयारीमा रहेको बताइएको छ ।
यसअघि असोज ८ गते कांग्रेसले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यससंगै अल्पमतमा परेका मुख्यमन्त्री सिंहले राजीनामा दिएका थिएनन् । भदौ २८ गते मुख्यमन्त्री सिंहकै पार्टी जनमत पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
टिप्पणीहरू