प्रधानमन्त्री आधा घण्टा भर्चुअल बैठकमा
प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुशीला कार्कीको अध्यक्षतामा भर्चुअल बैठक सम्पन्न भएको छ । विभिन्न देशमा कार्यरत नेपाली राजदूत तथा नेपाली नियोगका प्रमुखहरूले सहभागिता जनाएका छन् ।
बैठकको मुख्य विषय विदेशस्थित नेपाली नियोगको गतिविधि, द्विपक्षीय सम्बन्ध, कूटनीतिक समन्वय र आगामी योजनाहरूको समीक्षा रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। भर्चुअल माध्यमबाट सम्पन्न बैठकले विदेशमा रहेका नेपाली प्रतिनिधिहरूसँगको समन्वय सुदृढ पार्ने उद्देश्य राखेको बताइएको छ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल कुमार सिन्हा, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारणमन्त्री, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत उपस्थित थिए । भर्चुअल बैठक परराष्ट्र मन्त्रालयमा आयोजना गरिएको हो ।
टिप्पणीहरू