घाइते देउवाले भाेलि मुख खाेल्दै
नेपाली कांग्रेसको पदाधिकारी बैठक भोलि बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले भोलि दिउँसो बस्नेगरी बैठक आह्वान गरेका छन् ।
असोज २६ गते बस्ने पार्टी केन्द्रीय समितिको बैठकका एजेन्डा तय गर्न बैठक डाकिएको हो । भदौ २४ गते जेन-जी प्रदर्शनकारीको आक्रमणमा परी घाइते भएका देउवा अहिले स्वास्थ्यलाभ गरिरहेका छन् । यता कांग्रेसमा नेतृत्व परिवर्तनको बहस चलिरहेको छ ।
तर, देउवाले भने अहिलेसम्म यसबारे सार्वजनिक रुपमा मुख खोलेका छैनन् । भोलिको बैठकमा यसबारे छलफल हुने सम्भावना रहेको बताइएको छ ।
टिप्पणीहरू