मधेशमा कांग्रेस-एमाले बाहेकको सरकार
मधेस प्रदेशको मुख्यमन्त्रीमा लाेकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का जितेन्द्र सोनार नियुक्त भएका छन् ।
संविधानको धारा १६८ काे उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनारलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । कांग्रेस-एमाले बाहेकका ६ दलको समर्थनमा सोनालले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए ।
लोसपासहित जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, माओवादी केन्द्र र एकीकृत समाजवादीलगायतका दलले उनलाई समर्थन जनाएका छन् । १०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि ५४ सांसद चाहिन्छ । मुख्यमन्त्री सोनालको पक्षमा ५७ सांसद छन् ।
मधेशमा यसअघि सतिशकुमार सिंह मुख्यमन्त्री थिए । जेन जी प्रदर्शनपछि नेपाली कांग्रेस र एमालेले समर्थन झिकेपछि अल्पमतमा परेका उनले हिजो प्रदेश सभालाई सम्बोधन गर्दै राजीनामा दिएका थिए ।
त्यसपछि नयाँ सरकार गठन प्रक्रिया शुरु भएकोमा काँग्रेस र एमाले बाहेकका सबै दल मिलेपछि यो समीकरण बनेको हो ।

टिप्पणीहरू