मुलुक खरानी, गृहमन्त्रीको सङ्गत पनि खरानी
तिहारमा गृहमन्त्री ओमप्रकाश अर्याल जोगी र सन्यासीहरुसँगै रमाएका छन् । गाईतिहारको दिन हिजो बिहान मन्त्री अर्याल पहिले पशुपतिनाथको दर्शनमा पुगेका थिए ।
हिजो बिहान पौने १० बजे पशुपतिनाथ मन्दिर पुगेका अर्याल झण्डै एक घण्टा बिताएपछि मृगस्थलीस्थित गोरखनाथ मन्दिरमा देखिए । त्यहाँ पुगेर धुनी जगाउँदै ‘जय शम्भो’को तालमा खरानी धसेका बाबाजीहरुसँग गफिए ।
भदौ २४ गतेको विध्वंशले मुलुकका सरकारी,निजी तथा व्यावसायिक भवनहरु ध्वस्त बनाएको खरानीको जगमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएको थियो । कतिपयले उक्त विध्वंशको ग्राण्ड डिजाइनमा शंकास्पद भूमिका रहेका जिम्मेवार जनप्रतिधिहरु नै संलग्न भएको आरोप लगाएका छन् । त्यस्ता जनप्रतिनिधिमथि उक्त घटनापछि खरानी मन पराउने र चिलिम तान्ने गरेको आरोप झन् बढेको छ ।
टिप्पणीहरू