तिहार सकियो, छठको तयारी

तिहार सकियो, छठको तयारी

पहाडी भेगामा तिहार पर्व सकिएसँगै तराई–मधेशमा छठ पर्वको तयारी शुरु भएको छ। मिथिलाञ्चलको प्रमुख धार्मिक पर्व छठका लागि पोखरी, नदी र तलाउहरूमा सरसफाइ, घाट निर्माण र सडक मर्मत थालिएको छ । 

अस्ताउँदो सूर्यको उपासनाबाट शुरु भएर उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सकिन्छ ।  छठमा छठी माताको पूजा जलाशयहरूमा गरिन्छ । 

छठ पर्व तिथिअनुसार भोलिदेखि शुरु हुन्छ । सोमबार साँझको सूर्य र भोलिपल्ट मंगलबारको सूर्यलाई अर्घ दिएपछि छठ पर्वको समापन गरिन्छ ।

टिप्पणीहरू