उद्योगमा बिजुलीको लाइन काटिएपछि मुख्यमन्त्री चिन्तित
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्योगमा विद्युत आपूर्ति बन्दप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रकलाइनको बक्यौता नतिरेका उद्योगहरूको लाइन काट्न थालेपछि उनले वार्ता, सहकार्य र आपसी समझदारीको माध्यमबाट समाधान खोज्न आग्रह गरेका छन्।
मुख्यमन्त्री आचार्यले जारी विज्ञप्तिमा भनेका छन्, “नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रकलाइनको बक्यौता नतिरेका केही उद्योगहरूको विद्युत आपूर्ति बन्द गरेको विषयलाई लुम्बिनी प्रदेश सरकारले चिन्ताको रुपमा लिएको छ। यस कारण प्रदेशका विभिन्न उद्योगहरू बन्द भएका, सयौं श्रमिकहरू रोजगारविहिन भएका र स्थानीय अर्थतन्त्रमा नकारात्मक असर परेको बुझिएको छ।”
उद्योग व्यवसायमा विश्वास पुनर्स्थापना गर्न, श्रमिकहरूको हकहित जोगाउन र आर्थिक सन्तुलन कायम गर्न सबै पक्ष जिम्मेवार र संवेदनशील हुन आवश्यक रहेको मुख्यमन्त्रीले उल्लेख गरेका छन्। उनले उद्योग प्रवर्द्धन र श्रमिक संरक्षणमा आफ्नो प्रतिबद्धता पनि दोहोर्याएका छन्।
टिप्पणीहरू