वडाध्यक्षले लगाए आफ्नै कार्यकक्षमा ताला

वडाध्यक्षले लगाए आफ्नै कार्यकक्षमा ताला

रोल्पाको थवाङका दुई वडाध्यक्षले आफ्नै कार्यकक्षमा ताला लगाएर गाउँपालिकालाई चावी बुझाएका छन् ।

वडा नम्बर १ का वडाध्यक्ष हिराप्रसाद बुढा र का अभिलाषा रोकाले हिजो आ-आफ्नो कार्यकक्षमा ताल्चा लगाएर गाउँपालिलाई साँचो जिम्मा लगाएका हुन् । सडक स्तरोन्नति र विद्युत प्रसारण सम्बन्धी समस्या समाधानका लागि पालिकालाई पटक-पटक ध्यानाकर्षण गराए पनि वेवास्ता गरिएपछि यो कदम चालेको उनीहरुको भनाइ छ ।  

गाउँपालिकाले काम नगर्ने तर जनताको नजरमा आफू दोषी देखिने परिस्थिति आएकाले वडा कार्यालयमा ताला लगाउन बाध्य भएको वडाध्यक्ष बुढाले बताए । उनले भने, ‘जनताको समस्या समाधान गर्न मैले बारम्बार पालिकामा कुरा राखेको छु, तर आजसम्म मेरो आवाज सुनिएन, जनप्रतिनिधिको आवाज त बेवास्ता गरिन्छ भने आम जनताको आवाज कसरी सुनिन्छ ?’

अर्का वडाध्यक्ष रोकाले पनि प्रतिकात्मक विरोध जनाउँदै गाउँपालिकामा चावी बुझाएको बताए । ‘जनताले आफ्नो समस्या हामीलाई सुनाउँछन्, हामीले पालिकामा सुनाउने हो, तर पालिकाले न मेरो आवाज सुन्छ, न जनताको, अब पालिकाले नै भनिदेओस् हामीले कसरी काम गर्ने !’, उनले सुनाए ।

टिप्पणीहरू