तीन दिनदेखि हिडन भ्यालीमा फसेका पर्यटकहरुको उद्धार
हिमपातपछि मुस्ताङको हिडन भ्याली इलाकामा फसेका पर्यटकहरुको तीन दिनपछि उद्धार गरिएको छ । गत मंगलबारदेखि भइरहेको हिमपातपछि भ्याली इलाकामा फसेका तीन विदेशीसहित १५ जना पर्यटकको नेपाली सेनाले उद्धार गरेको हो ।
सेनाको उच्च शिखर शिक्षालयबाट खटिएको टोलीले उनीहरुको उद्धार गरेर साधारण स्वास्थ्य परीक्षण गरेको छ । उनीहरु तीन दिनदेखि हिडन भ्याली इलाकामा फसेका थिए । अथक प्रयासपछि करिब ४९ सय मिटरको बतासेडाँडा इलाकामा उनीहरु फेला परेको सेनाको भनाइ छ ।
सेनाका अनुसार इन्द्रबक्स गण, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र गैरसैनिक पथ प्रदर्शनसहितको संयुक्त टोलीले उनीहरुलाई जोमसोम ल्याइरहेको छ ।
टिप्पणीहरू