देशका यी राजमार्ग पूर्णरूपमा अवरुद्ध

देशका यी राजमार्ग पूर्णरूपमा अवरुद्ध

केही दिनयताको अविरल वर्षाका कारण गएको बाढी–पहिरोले मुलुकका विभिन्न राजमार्ग तथा ग्रामीण सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ । 

नेपाल प्रहरीका अनुसार हाल नौ वटा राजमार्ग तथा सडकखण्ड पूर्णरुपमा अवरुद्ध छन् । कोशी र बागमती प्रदेशका चार-चार तथा गण्डकीको एउटा राजमार्ग अवरुद्ध रहेको प्रहरीले जनाएको छ । 

कोशी राजमार्ग, मेची राजमार्ग, तमोर–कोरिडोर सडक र राँके–रवि–भेडेटार सडकखण्डमा पूर्णरूपमा सवारी आवागमन रोकिएको छ । त्यस्तै, बिपी राजमार्ग, नेपाल-चीन नाका जोड्ने पुल, पासाङल्हामु र कुलेखानी –सिस्नेरी दक्षिणकाली सडकखण्ड बन्द रहेको जानकारी गराइएको छ । 

गण्डकी प्रदेशको भने जोमसोम– कोरोला सडकखण्ड पूर्णत: अवरुद्ध भएको छ । कोशी लोकमार्ग, मध्यपहाडी लोकमार्ग र सन्धिखर्क गोरुसिङ्गे सडकखण्ड भने एकतर्फ सञ्चालनमा रहेको प्रहरीले जानकारी दिएको छ ।
 

टिप्पणीहरू