यी हुन् डिआईजीमा बढुवा भएका एसएसपीहरू
नेपाल प्रहरीका पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी) नायब महानिरीक्षक (डिआईजी) मा बढुवा भएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले उनीहरुलाई डिआईजीमा बढुवा गरेका हुन् । बढुवा हुनेहरुमा एसएसपी भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले छन् ।
बढुवा भएकामध्ये खत्रीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को जिम्मेवारी दिइएको छ । भट्टराईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय खटाइएको छ भने अधिकारी उपत्यका प्रहरी कार्यालयमा पदस्थापन भएका छन् ।
त्यस्तै, खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र काफ्लेलाई प्रहरी महानिरीक्षक सचिवालयमा खटाइएको छ । पाँचै जना बढुवाका निम्ति गत कात्तिक ९ गते सिफारिस भएका थिए ।
टिप्पणीहरू