अटेरी ठेकेदारलाई सात दिने पूर्जी

अटेरी ठेकेदारलाई सात दिने पूर्जी

समयमै काम सम्पन्न नगर्ने एक दर्जन बढी निर्माण व्यवसायीलाई सरकारले स्पष्टीकरण सोधेको छ । 

सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ वटा निर्माणकर्तालाई सात दिनको समय दिएर स्पष्टीकरण सोधेको हो । तोकिएको समयमा चितबुझ्दो लिखित जवाफ नबुझाए कालोसूचीमा राख्ने कार्यालयको चेतावनी छ ।

स्पष्टीकरण मागिएका ठेकेदार कम्पनीमा कार्की निर्माण सेवा, यु एण्ड आई निर्माण एण्ड अर्डर सप्लायर्स, ओटार्ड इन्टरनेशनल एण्ड इन्जिनियरिङ्ग कन्सल्टेन्सी, औतारी निर्माण सेवा तथा सप्लायर्स, भद्रेश्वर निर्माण तथा ढुवानी सेवा छन् । 

त्यस्तै, सुनगाभा कन्स्ट्रक्सन, किशोर एण्ड नविन कम्पनी एण्ड सप्लायर्स, मैनापोखरी कन्स्ट्रक्सन, भवसागर निर्माण सेवा, दोगडायु दृष्टि निर्माण सेवा, न्यू साहारा कन्स्ट्रक्सन, प्रभाव कन्स्ट्रक्सन, पुचौडी निर्माण सेवा र सितामैया कन्स्ट्रक्सनलाई पनि स्पष्टीकरण सोधिएको छ ।
 

टिप्पणीहरू