न्युयोर्कका मेयरकाे पहिलाे भोजन माेमाे र चाउमिन
विश्वकै राजधानी मानिने न्युयाेर्क सिटीका नवनिर्वाचित मेयर जाेहरन मम्दानीले नेपाली रेष्टुरेण्टमा लन्च खाएका छन् । ३४ वर्षीय मम्दानीले मेयर निर्वाचित भएपछि ज्याक्सन हाइटस्थित लालीगुराँस बिस्ट्राेमा पुगेर हिजो दिवाभोजन गरेका हुन् ।
लञ्चमा मम्दानीसहित साेही क्षेत्रकी सांसद एलेक्जान्द्रिया ओकासियो–कोर्टेजकाे समेत उपस्थिति थियाे । उनीहरुले माेमाे,चाउमिन,आलु, र चिया खाएकाे सार्वजनिक फाेटाे/भिडियाेमा देख्न सकिन्छ ।
मेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प,बिल क्लिन्टनजस्ता प्रभावशाली नेताहरुले लगातार मम्दानीकाे विराेध गर्दै आएका थिए । तर मेयरमा निर्वाचित भएसँगै उनले पहिलाे अन्तर्वार्तामार्फत विराेधी शक्तिहरुलाई मुखभरिको जवाफ दिएका छन् । उनले भनेका छन्, "याे शहर आप्रवासीहरुले समृद्द बनाएका हुन्।"
टिप्पणीहरू