एनपीएल २०२५: ‘युनाईटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’

एनपीएल २०२५: ‘युनाईटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अर्थात् दोस्रो संस्करण मंसिर १ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। यस वर्ष पनि एनसेलले नेपाल क्रिकेट संघ (क्यान)सँगको आफ्नो ‘पावर्ड बाई’ साझेदारीलाई निरन्तरता दिएको छ।

एनसेलका अनुसार, नेपाली क्रिकेटसँगको यो आवद्धताले स्थानिय खेल विकासमा सहयोग पुर्याउने मात्र नभई खेलप्रेमी र दर्शकहरूलाई थप उत्साहित बनाउने विश्वास लिइएको छ। प्रतियोगिताको थीम ‘युनाईटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ राखिएको छ।

एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने, “टी–ट्वान्टी प्रदर्शनले सबै नेपालीलाई गौरवान्वित बनाएको छ। क्रिकेट मात्र ठूलो खेल होइन, सबैलाई एकताबद्ध राख्ने माध्यम पनि हो। हामी फ्यानहरूलाई घर, अफिस वा देश–विदेश कतै भएपनि एनसेलको कनेक्टिभिटीमार्फत हरेक क्षणसँग जोडिरहनेछौं।”

क्यानका सचिव पारस खड्काले भने, “क्रिकेटले सबैलाई जोड्छ। एनपीएल दोस्रो संस्करणमा एनसेलको ‘पावर्ड बाई’ सहकार्यले नेपाली क्रिकेट र एनपीएललाई विश्वसामु चिनाउन मद्दत पुग्नेछ। हामी यस सहयोगका लागि एनसेललाई आभारी छौं।”

एनसेलले स्थापना कालदेखि नै नेपालमा खेलकुदको विकासमा महत्वपूर्ण योगदान गर्दै आएको छ। कम्पनीले क्रिकेट, फुटबल, भलिबल, गल्फ र पारा–खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि सहयोग गर्दै आएको छ। यस वर्ष पनि एनसेल एपमार्फत लाइभ खेल हेर्ने सुविधा उपलब्ध गराइएको छ, जसले दर्शकहरूलाई जहाँ भएपनि खेलसँग प्रत्यक्ष जोड्नेछ।

एनपीएल दोस्रो संस्करणले नेपालका स्थानीय र अन्तर्राष्ट्रिय खेलाडीहरूको प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने र देशभर क्रिकेटप्रेमीहरूलाई एकत्रित गर्ने अपेक्षा गरिएको छ।

टिप्पणीहरू