एनपीएलको टिकट बुकिङ खुला, १५ हजारमा विशेष पास

एनपीएलको टिकट बुकिङ खुला, १५ हजारमा विशेष पास

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टिकट बिक्री खुला भएको छ । 

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज सूचना प्रकाशित गरी टिकट खुल्ला गरेको जानकारी दिएको हो । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा मङ्सिर १ गतेदेखि २७ गतेसम्म आयोजना हुने प्रतियोगिताका लागि दर्शकले विभिन्न दरमा टिकट खरिद गर्न सक्नेछन् ।

ओपनिङ डे र शनिबारका खेलका लागि जनरल टिकटको मूल्य पाँच सय र प्रिमियमको एक हजार तोकिएको छ । त्यस्तै,  प्लेअफका खेलहरू हेर्न एक हजार र दुई हजार मूल्य कायम गरिएको छ ।

सबै खेल हेर्न चाहने दर्शकका लागि १५ हजारमा विशेष सिजन पासको व्यवस्था गरिएको छ ।

टिप्पणीहरू