दिल्लीबाट फर्केलगत्तै आइजिपी गृहमा हाजिर
सशस्त्र प्रहरी बल,नेपालका महानिरीक्षक राजु अर्याल भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँग द्विपक्षीय नवौँ समन्वयात्मक बैठकमा सहभागी भएर स्वदेश फर्केका छन् ।
हिजो आएलगत्तै उनी गृह मन्त्रालयमा आज आयोजित बैठकमा उपस्थित भए । बिहान १० बजे गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सम्पन्न बैठकमा गृहसचिव रामेश्वर दंगाल, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेलगायत सहभागी थिए।
टिप्पणीहरू