कीर्तिपुरमा भीडभाड नगर्न अनुरोध
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको सबै टिकट बिक्री भइसकेको छ । त्यसैले भीडभाड नगर्न प्रहरीले अनुरोध गरेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले आजको सबै टिकट बिक्री भइसकेको जानकारी प्राप्त भएकाले टिकट नभएकालाई सो स्थानमा भीडभाड नगरिदिन आग्रह गरेको हो । जारी सूचनामा भनिएको छ, ‘टिकट नभएका महानुभावहरुले उक्त स्थान वरपर भीडभाड नगरी सुरक्षा व्यवस्थापन गर्ने कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं ।’
दोस्रो संस्करणको एनपीएल आजदेखि शुरु हुँदैछ । पहिलो संस्करण विजेता जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाजबीच दिउँसो ४ बजेबाट प्रतिस्पर्धा हुने छ ।
टिप्पणीहरू