एसएसपी अधिकारी डिआइजीमा बढुवा
नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी प्रहरी नायव महानिरीक्षक (डिआइजी)मा बढुवा भएका छन् ।
आज बिहान बसेको बढुवा सिफारिस समितिको बैठकले अधिकारीलाई बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।
भदौ २३ गतेको जेनजी प्रदर्शनमा सुरक्षाकर्मीलाई बन्दुक चलाउन आदेश दिएको आरोप खेपिरहेका अधिकारी सँगैका पाँच एसएसपी डिआइजीमा बढुवा हुँदा छुटेका थिए । ओम प्रकाश अर्याल गृहमन्त्री बनेपछि उनलाई प्रहरीको तालिम केन्द्रमा सरुवा गरिएको छ ।
टिप्पणीहरू