गृहमन्त्रीको छेउछाउ पर्न छाडे डा. अभिषेक
दुर्गा प्रसाईंले सिंहदरवार डढाउने मूलपात्रका रूपमा भिडियो सार्वजनिक गरेका डा.अभिषेक सिंह गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यकक्षमा सँधै ओहोरदोहोर गर्ने व्यक्ति रहेको तर विवाद शुरु भएपछि ३-४ दिनदेखि सिंहदरवार छिर्न छाडेको खुलासा भएको छ । सरकार गठनलगत्तैदेखि उनी गृह मन्त्रालयमा मन्त्री ओमप्रकाश अर्यालसँगै बस्थे ।
उनै सिंहले प्रधानमन्त्री हुनुअघिदेखि नै भूतपूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई लिएर विभिन्न केन्द्रमा पुगेको दाबी गर्दै आएका थिए । मन्त्रालय स्रोतका अनुसार जेन जीको नाम लिँदै मन्त्रीलाई निरन्तर फोन र दबाब आउन थालेपछि समन्वयकर्ताको रुपमा सिंह खटिएका थिए ।
मन्त्रीको कोठामा आउजाउ गरिरहने उनै सिंहवारे दुर्गा प्रसाईंले छरपस्ट पारेर पक्राउ खाएसङ्गै उनी गृह मन्त्रालयतिर देखा पर्न छाडेका हुन् ।
टिप्पणीहरू