कीर्तिपुरपछि सातदोबाटोमा नाराबाजी
विभिन्न फुटबल क्लब र समर्थकहरुले अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यालय परिसरमा नाराबाजी गरेका छन् । लिगका खेल समयमै आयोजना गर्न र क्लबहरुसँगको सम्झौता कार्यान्वयन गर्न माग गर्दै उनीहरुले एन्फा मुख्यालय अगाडि धर्ना दिएका हुन् ।
अन्तराष्ट्रिय मापदण्ड अनुसार ए डिभिजन लिग आयोजना गर्नुपर्नेमा उनीहरुको मुख्य जोड छ । लिगको स्थायित्वको लागि सडकमा उत्रिनु परेको प्रदर्शनकारीले बताएका छन् ।
यसअघि फुटबल समर्थकहरुले कीर्तिपुरस्थित टियु रंगशालामा समेत एन्फाविरुद्ध नारा लगाएका थिए । नेपाल प्रिमियर लिगको उद्घाटन सत्रमा उनीहरुले ‘नेपाल आमा, तिमिले क्रिकेटमा पारस खड्का जन्माइदिएकोमा धन्यवाद, अफ फुटबलमा पनि एउटा सपुत जन्माइदेउ भन्दै’ प्रतिकात्मक नाराबाजी गरेका हुन् ।
टिप्पणीहरू