चितवनद्वारा लुम्बिनीलाई मध्यम विजयी लक्ष्य प्रस्तुत

चितवनद्वारा लुम्बिनीलाई मध्यम विजयी लक्ष्य प्रस्तुत

 नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत जारी खेलमा चितवन राइनोजले लुम्बिनी लायन्सलाई मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा चितवनले लुम्बिनीलाई १ सय ४२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो । 

टस हारेर पहिले ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो । चितवनको लागि रवि बोपाराले अर्धसतक बनाए । उनले ५५ बलमा ४ चौका र तीन छक्का प्रहार गरे । यस्तै कप्तान कुशल मल्लले २१, सैफ जैबले १५, देव खनालले १४ र दीपक बोहोराले १० रन बनाए । 

लुम्बिनीको लागि रुबिन ट्रम्पेलमनले ४ ओभरमा २३ रन दिएर तीन विकेट लिँदा अभिशेष गौतम र गुल्बादीन नैबले समान दुई/दुई विकेट लिए । अब लुम्बिनीले जवाफी ब्याटिङ गर्नेछ ।

टिप्पणीहरू