जनकपुरलाई १३६ रनको लक्ष्य
नेपाल प्रिमियर लिगको जारी खेलमा जनकपुर बोल्ट्सले १३६ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङमा उत्रिएको विराटनगर किंग्सले सात विकेट गुमाउँदै १३५ रन बनाएको हो ।
सन्दिप लामिछाने मार्की खेलाडी रहेको विराटनगरका लागि बसिर अहमद ३६ रन बनाउँदा लोकेश बम २८ रन जोडे । त्यस्तै शिवम रन्जानेले ३७, जर्ज मुन्सेले १० र गप्टिल मार्टिनले १३ रन बनाए ।
अहिले जनकपुर बोल्ट्सले ब्याटिङ गरिरहेको छ ।
टिप्पणीहरू