राष्ट्रिय सभागृहमा पुग्दै काँग्रेस नेताहरू

राष्ट्रिय सभागृहमा पुग्दै काँग्रेस नेताहरू

नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गरिरहेका नेताहरु निर्णायक छलफलमा जुट्न लागेका छन् । विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका नेताहरु भोलि दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा भेला हुन लागेका हुन् । 

समय घर्किदै गएको अवस्थामा चुनावअघि नियमित महाधिवेशनको सम्भावना नरहेको र पुष महिनाभित्रै विशेष महाधिवेशन गर्नुपर्ने उनीहरुको जिकिर छ । महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले समेत हिजो विशेध महाधिवेशनको विकल्पन नरेहेको भन्दै कार्यकर्तालाई अलमलमा नपर्न आग्रह गरेका थिए । भोलिको बैठकमा विशेष महाधिवेशनको सम्बन्धमा अन्तिम र निर्णायक छलफल हुने बताइएको छ ।

नेतृत्वपंक्तिले विभिन्न बाहनाबाजी गरेर चुनावअघि महाधिवेशन नगराएमा विभिन्न जिम्मेवारीमा रहेका नेताहरुले संयुक्त रुपमा राजीनामा दिने तयारी समेत गरेको बताइन्छ। 

सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादु खड्कालाई कार्यवाहक जिम्मेवारी दिएकोमा दुई महिनासम्म पनि महाधिवेशन मिति तोक्न असफल हुनले कार्यकर्तापंक्तिमा गलत सन्देश गएको विशेष महाधिवेशन पक्षधर नेताहरुको बुझाई छ।
 

टिप्पणीहरू