काठमाडौंद्वारा लुम्बिनीलाई मध्यम विजयी लक्ष्य प्रस्तुत

काठमाडौंद्वारा लुम्बिनीलाई मध्यम विजयी लक्ष्य प्रस्तुत

अलराउन्डर करण केसीले अन्त्यमा विस्फोटक ब्याटिङ गरेपछि काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध जारी खेलमा मध्यम योगफल बनाएको छ । । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा काठमाडौंले लुम्बिनीलाई १ सय ५८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।  

टस हारेर पहिले ब्याटिङमा उत्रिएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५७ रन बनाएको हो । काठमाडौंको लागि कप्तान करण केसीले ११ बलमा ४ छक्का र एक चौकाको मद्दतमा सर्वाधिक ३४ रन बनाए । यस्तै आकाश त्रिपाठीले ३२, सन्तोष यादवले २६ आत्था मिलिन्द कुमार र जेर्हाड इरास्मसले १७/१७ रन बनाए ।

लुम्बिनीको लागि गुल्बादिन नैब, रुबिन ट्रम्पेलमन, शेर मल्ल र रोहित पौडेलले समान एक/एक विकेट लिए । अब लुम्बिनीले जवाफी ब्याटिङ गर्नेछ ।

टिप्पणीहरू