अहिलेका पनि उस्तै, दिनहुँ म्याट बोकेर सडकमा
सहिद जेनजी परिवार र घाइतेहरुले माइतीघरमा धर्ना दिएको एक महिना नाघेको छ । पीडितहरुले ‘घाइते जेनजी नेपाल’ समूह नै बनाएर सरकारविरुद्ध धर्नामा बसेका हुन् ।
सहिद परिवार र घाइतेहरुको लागि उचित क्षतिपूर्ति व्यवस्थापनाको लागि तत्काल परिषद् गठन गर्नुपर्ने उनीहरुको माग छ । पीडितहरुले विभिन्न मागसहित तयार पारिएको ब्यानरमा भनिएको छ, ‘घाइतेहरुलाई रोजगारी तथा सरकारी व्यवसायिक ऋण तथा अन्य सहुलियत दिन जेनजी घाइते कोटा प्रणाली लागू गरियोस् ।’
पीडितहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, काठमाडौँका तत्कालीन सिडिओ छवि रिजाल लगायतलाई पक्राउ नगर्दासम्म धर्ना नरोक्ने अडान समेत लिएका छन् । उनीहरुले भनेका छन्, ‘भदौ २३ र २४ गतेको घटनामा संलग्न सम्पुर्णविरुद्ध अन्तरिम पक्राउ जारी गरियोस्, अपराधिक मुद्धा दर्ता गरियोस् ।’

टिप्पणीहरू