यु-१७ एसियन कप छनोटमा नेपालको लगातार तेस्रो हार
म्यानमारमा जारी एएफसी यु-१७ एसियन कप छनोटमा नेपालले फराकिलो हार बेहोरेको छ । बुधबार भएको खेलमा नेपाल ओमानसँग ५-० गोलले पराजित भएको हो ।
प्रतियोगितामा नेपालको यो तेस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल सिरियासँग ४-२ र म्यानमारसँग ४-० गोलले पराजित भएको थियो ।
हारसँगै समूह 'जी'मा रहेको नेपाल तीन खेलबाट अंकविहीन रहँदै तालिकाको पुछारमा रहेको छ । अब नेपालले अन्तिम खेलमा शुक्रबार अफगानिस्तानको सामना गर्नेछ ।
टिप्पणीहरू