एनपीएलमा आज लुम्बिनी र सुदूरपश्चिम तथा जनकपुर र पोखरा भिड्दै
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज दुई खेल हुँदैछ । आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने पहिलो खेल ११:४५ र दोस्रो खेल दिउँसो ४:०० बजे हुनेछ ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी आज दोस्रो जितको खोजीमा हुनेछ भने सुदूरपश्चिम आफ्नो विजयी यात्रालाई निरन्तरता दिने सोचमा रहेको छ ।
सुदूरपश्चिम हाल ३ खेलबाट ६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट २ अंक जोडेको लुम्बिनी छैटौं स्थानमा रहेको छ ।
यता साविक विजेता जनकपुर र पोखराले भने प्रतियोगितामा सोचेअनुरुप सुरुवात गर्न सकेका छैनन् । दुवै टोली शुरुवाती दुई खेलमा हार बेहोर्दै तालिकाको क्रमश सातौँ र आठौँ स्थानमा रहेका छन् । त्यसैले दुवै टोली आजको खेलमा जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने सोचमा रहेका छन् । आजको खेलमा पराजित हुने टोलीको प्लेअफको सम्भावाना कठिन बन्नेछ ।
टिप्पणीहरू