चितवनविरुद्ध ब्याटिङ गर्दै काठमाडौँ

चितवनविरुद्ध ब्याटिङ गर्दै काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले काठमाडौँ गोर्खाजविरुद्ध टस जितेर पहिले बलिङ रोजेको छ । 

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर काठमाडौँलाई ब्याटिङको निम्तो दिएका हुन् । प्लेअफमा स्थान बनाउन चितवन र काठमाडौँ दुवै आजको खेल जित्ने दाउमा छन् । चितवनले अहिलेसम्म तीन खेल खेलेर दुईमा जित र एकमा हार व्यहोरेको छ । 

४ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा रहेको उसलाई प्लेअफ यात्रा सहज बनाउन आजको खेल महत्वपूर्ण हुनेछ । चार खेलबाट ४ अंक जोडेर चौंथो स्थानमा रहेको काठमाडौँ पनि जितको खोजीमा हुनेछ ।

टिप्पणीहरू