कर्णालीद्वारा विराटनगरलाई मध्यम विजयी लक्ष्य प्रस्तुत

कर्णालीद्वारा विराटनगरलाई मध्यम विजयी लक्ष्य प्रस्तुत

दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत जारी खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई १ सय ६१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ६० रन बनाएको हो । कर्णालीको लागि प्रियांक पंचलले जारी प्रतियोगितामा दोस्रो अर्धसतक पूरा गरेका हुन् । पंचलले ४७ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ६३ रन बनाए । यस्तै विलियम बोसिस्टोले नटआउट ४८, गुलसन झाले २० र नाजुबुल्लाह जद्रानले १२ रन बनाए ।

विराटनगरको लागि मर्चान्ट डे लान्गा र सन्दीप लामिछानेले समान एक/एक विकेट लिए । अब विराटनगरले जवाफी ब्याटिङ गर्नेछ ।

टिप्पणीहरू