फेर्नलाई नाम,घण्टीघरमा धमाधम
धनीमानीका छोराछोरी र फिल्म कलाकारलाई समानुपातिकमा राखेपछि चर्को आलोचना खेप्दै आएको रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ नाम सिफारिस गर्न आँटेको छ ।
प्रत्यक्ष चुनाव लड्न नसक्ने पहुँचविहीनहरूका लागि व्यवस्था गरिएको समानुपातिकमा हुनेखाने र सेलिब्रेटीलाई थुपारेको भन्दै सर्वत्र आलोचना भएपछि रास्वपाले केही व्यक्तिलाई नाम फिर्ता लिन लगाएको थियो । उक्त स्थानमा नयाँलाई लैजान अहिले छलफल चलिरहेको बताइएको छ ।
बन्दसूचीमा राखिएका फिल्मी कलाकार आशिफ साह,त्रिशला गुरुङ,र युवा व्यवसायी सचिन ढकालले नाम फिर्ता लिएको घोषणा गरिसकेका छन् । यी तीनजना बाहेक अन्य केहीलाई पनि हट्न लगाएर नयाँ नाम निर्वाचन आयोगमा बुझाउने रास्वपाको तयारी छ ।
स्रोतका अनुसार नयाँ पात्र छान्न काठमाडौँ महानगरका मेयर बालेन्द्र साहले विभिन्न व्यक्तिसँग छलफल गरिरहेका छन् । आज पनि ज्वागलस्थित सम्पर्क कार्यालयमा सम्भावित उम्मेदवारलाई बोलाएर कुराकानी गर्ने तयारी छ ।
‘बालेन दाइले बोलाउनुभएको छ’, एक जेनजी युवाले भने, ‘अरु अरु समूहलाई पनि बोलाउनुभएको रहेछ,साथीहरुको असन्तुष्टीबारे छलफल हुन लागेको हो ।’
‘बालेन दाइले बोलाउनुभएको छ’, एक जेनजी युवाले भने, ‘अरु अरु समूहलाई पनि बोलाउनुभएको रहेछ,साथीहरुको असन्तुष्टीबारे छलफल हुन लागेको हो ।’
रविसँग मिले पनि अहिलेसम्म रास्वपाको बनस्थलीस्थित घण्टीघर नगएका बालेन्द्रले ज्वागलबाटै पार्टी सत्ता चलाइरहेका छन् । कुलमान घिसिङ पनि अहिलेसम्म घण्टीघर गएका छैनन् ।
क्रिसमसको अवसरमा खोलेको उज्यालो घरबाटै उनले पार्टी काम सन्चालन गर्दै आएको बताइन्छ ।
टिप्पणीहरू