रविको अफिसमा बैठक,बालेन र कुलमान गयल
रवि लामिछाने झ्यालखानाबाट निस्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो केन्द्रीय सचिवालय बैठक बसेको छ ।
काठमाडौं महानगरपालिका-१६ बनस्थली चमतिस्थित पार्टी मुख्यालयमा बैठक जारी छ । सभापति लामिछानेकाे अध्यक्षतामा बसिरहेको बैठकमा उपसभापति डोलप्रसाद अर्याल, डा. स्वर्णीम वाग्ले,प्रवक्ता मनिष झा,महामन्त्री कविन्द्र बुर्लाकाेटी, सहमहामन्त्री दिपक बोहोरालगायत सहभागी छन् ।
शिशिर खनाल, विराजभक्त श्रेष्ठ,डा.अच्युतम लामिछाने, सोविता गौतम,हरि ढकाल,गणेश पराजुली,असिम साह,शिव नेपाली, अशोक चौधरी,बिनिता कठायत,अर्जुन अधिकारी,राजन गौतम,रमेश प्रसाईं, तोसिमा कार्की,क्रान्तिशिखा धिताल पनि बैठकमा बसेको बताइएको छ ।
बैठकमा हालै भएको पार्टी समायोजन, विस्तार एवं समानुपातिकमा रहेको नामबारे छलफल हुने बुझिएको छ । तर, निर्वाचन आयोगमा समानुपातिकको बन्दसूची बुझाउने अघिल्लो दिन रास्वपमा बिलिन भएका काठमाडौँ महानगरका मेयर बालेन्द्र साह र उज्यालो नेपालका कुलमान घिसिङ भने सो बैठकमा सामेल छैनन् ।
टिप्पणीहरू