कालिकोटबाट प्रचण्ड एक्लै
नेकपा संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कालिकोटबाट पार्टी कमिटीले एकल सिफारिस गरेको छ । यसअघिको विभिन्न निर्वाचनमा काठमाडौं,रोल्पा, चितवन,गोरखा र सिरहाबाट उठेका दाहाल एकल सिफारिसमा परेपछि कालिकोटबाट उठ्ने सम्भावना देखिएको छ ।
एउटा निर्वाचन क्षेत्र रहेको कालिकोटमा अर्का सम्भावित उम्मेदवारको रुपमा यसअघि महेन्द्र शाहीको चर्चा थियो । तर, प्रचण्ड एक जनाको मात्रै नाम सिफारिस भएकाले उक्त चर्चा कायम नरहने बताइन्छ ।
जिल्लाका नौ पालिकाका ८१ वडामध्ये यसअघि माओवादी केन्द्रले ५६ वडा जितेको थियो । नौ वटा नगर र गाउँपालिकामध्ये सात वटामा माओवादीका उम्मेदवार विजयी भएका छन् ।
विप्लव माओवादीका प्रवक्ता प्रकाण्डले पनि जाजरकोटबाट चुनाव उठ्ने तयारी गरेका छन् । उनलाई एमालेले सहयोग गर्ने बुझिएको छ ।
टिप्पणीहरू